Comments Add Comment

म्यानमारमा पक्राउ पर्ने झण्डै पाँच सय पुगे, सेनाको वेबसाइट ह्याक गर्ने प्रयास

६ फागुन, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ भएपछि पक्राउ पर्नेको संख्या ४९५ पुगेको छ । पक्राउ परेकाहरुको अहिले अदालतमा मुद्दा चलिरहेको वा केहीलाई जेल सजाय सुनाइएको छ । सेनाले सत्ता हातमा लिएपछि पक्राउ परेका ४९५ जनामा नेता, अधिकारकर्मी र आन्दोलनकारीहरु रहेको म्यानमारको घटनालाई नियालिरहेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (आप)ले बताएको छ ।

अहिले पक्राउ परेकामध्ये तीनजनालाई जेल सजाय सुनाइएको छ । जसमध्ये दुईजनालाई दुई वर्ष र एकजनालाई तीन महिनाको जेल सजाय सुनाइएको छ । ४६० जना मानिसहरु हिरासतमा छन् । पछिल्लो पटक पक्राउ परेकामध्ये एकजना क्षेत्रीय वातावरणमन्त्री पनि रहेका छन् ।

बुधबार म्यानमारमा आठजना समाजसेवीमाथि पनि मुद्दा चलाइएको थियो । म्यानमारमा पछिल्लो समय सेनाको कदमविरुद्ध व्यापक प्रदर्शन भइरहेको अवस्थामा हिरासतमा लिइएका मानिसहरुमाथि मुद्दा चलिरहेको हो ।

यसैबीच म्यानमारको सेनाले चलाइरहेको वेबसाइट बिहीबार बिहान ह्याक गर्ने प्रयास भएको छ । म्यानमारका ह्याकरहरुले केन्द्रीय बैंक, सेना, सरकारी टेलिभिजन, बन्दरगाह र एफडीएको वेबसाइट ह्याक गरी अवरोध पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment