Comments Add Comment

पोलिसी धितो राखेर ऋण नदिन बिमा समितिको अनुरोध

६ फागुन, काठमाडौं । बिमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लाे समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो ।

बिमा समितिले बिमा पोलिसी धितो राखेर ऋण लगानी नगर्नका लागि आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । ऋणका नाममा वेथिति बढेको भन्दै समितिले यस्तो आग्रह गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘बिमा गरेकै भरमा ठूलो कर्जा बैंकले दिने गरेको कुरा आयो, यसले नराम्रो असर गर्ला भनेर हामीले आग्रह गरेका हौं’ उनले भने । अब बिमा कम्पनीहरुसँग पनि यसको तथ्यांक लिने कार्यकारी निर्देशक पौडेलले बताए । त्यसपछि यसरी जाने कर्जामा रोक लगाउने बिमा समितिको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment