+
+

विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते ११:२९

७ फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले सूचना प्रकाशित गर्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो ।

कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबमोजिमका विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्न लागिएको हो ।

आधारभूत तहको सामग्री लेखनका लागि सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण र कक्षा ११ को हकमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी सो विषयको प्राध्यापक वा पाठ्यक्रम विज्ञ वा सम्बन्धित विषयको लेखक वा शिक्षक वा मूल्यांकनकर्ता वा अनौपचारिक शिक्षा तथा खुला विद्यालय शिक्षा विषयको विज्ञ हुनुपर्ने सर्त राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?