Comments Add Comment

प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन फागुन तेस्रो हप्ता

७ फागुन, काठमाडौं । भोजपुरमा आगामी फागुन १९-२२ गतेसम्म प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराइजको सहप्रायोजनमा भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू-१७ ब्वाइज तथा गर्ल्स गरी कुल ५ विधामा प्रतिस्पर्धा गराइने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए ।

सरादेवी तामाङ, विकास श्रेष्ठ, नङ्गशल तामाङ, विवेक श्रेष्ठ, रत्नजित तामाङ, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियन र सीता राई लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको भोजपुरले तीन पटकसम्म जिल्ला स्तरीय मेयर कप प्रतियोगिता आयोजना गरिसकेको छ ।

भोजपुर जिल्ला ब्याडमिन्टन संघले पहिलो पटक ५ विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो । भोजुपर नगरपालिकाका मेयर कैलाश कुमार आले आफैं ब्याडमिन्टन खेल्ने र भोजपुरमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा लागि पर्ने व्यक्ति हुन् । मेयर आलेकै पहलमा पहिलो पटक प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितमा प्रदेश १ का करिब १०० खेलाडीहरुले सहभागिता जनाउने छन् ।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु–१७ ब्वाइज तथा गर्ल्सतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा विदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ । प्रतियोगिताको लागि दर्ता गर्ने अन्तिम मिति फागुन १५ गतेसम्म रहेको र दर्ता शुल्क पुरुष युगलमा २ हजार, पुरुष तथा महिला एकल र्फ १ हजार र यु–१७ तर्फ ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment