Comments Add Comment

धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयी

७ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन् ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनीकेसीले ११६ रन मात्र बनायो ।

यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।

बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवालले गरेका बलिङ र गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment