+
+

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

हरि अधिकारी हरि अधिकारी
२०७७ फागुन ७ गते २०:५६

७ फागुन, विराटनगर । विराटनगरमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे शुक्रबार दिउँसो मालपोत र नापी कार्यालयको अनुगमनमा निस्किइन् ।

कार्यालय प्रमुखलाई जानकारी नदिई पुगेकी मन्त्रीले दुवै कार्यालयको व्यवस्थापन भद्रगोल अवस्थामा मात्र देखिनन्, मालपोत कार्यालयको मठ फाटमा ‘विचौलिया’सँग जम्काभेट भयो ।

छड्के अनुगमनमा पुगेकी मन्त्रीले मठ फाटमा ढड्डा पल्टाउँदै गरेका व्यक्तिलाई तपाई को ? भनेर सोधेकी थिइन् । सुरुमा उनले सेवाग्राही भएको बताए । मन्त्रीले केरकार गरेपछि आफू लेखापढी व्यवसायी भएको र सेवाग्राहीको सहयोगका लागि ढड्डा फाँटमा आएको बताए ।

कर्मचारीले हेर्नुपर्ने ढड्डा लेखापढी व्यवसायीले पल्टाउदै गरेको देखेपछि भूमिव्यवस्थामन्त्री रिसाइन् र उनले कार्यालय प्रमुख नरेश पौडेललाई विचौलियालाई प्रवेश गर्न नदिन निर्देशन दिइन् । ‘लेखापढी व्यवसायीले ढड्डा पल्टाउँदै गरेको देखें’ उनले भनिन्, ‘मैले सम्बन्धित कर्मचारीलाई सचेत गराउन निर्देशन दिएको छु ।’

लेखापढी व्यवसायीले पनि गल्ती भयो भन्दै माफी मागेका थिए भने कार्यालय प्रमुख पौडेलले अब यस्तो नहुने भन्दै प्रतिवद्धता जनाए ।

मन्त्रालयले भदौ १ बाट मालपोत कार्यालयमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेको थियो । मन्त्री तुम्बाहाङ्फेले तर लेखापढी व्यावसायीलाई ढड्डा पल्टाउँदै गरेको भेटेपछि कार्यालय प्रमुख र मठ फाटका कर्मचारीलाई सचेत गराएकी हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?