Comments Add Comment

साझा यातायातको अध्यक्ष पुनः दीक्षित, अधिकृत पुँजी ५ अर्ब पुग्यो

७ फागुन, काठमाडौं । साझा यातायातको अध्यक्षमा कनकमणि दीक्षित निर्वाचित भएका छन् । शुक्रबार भएको साधारणसभाले दिक्षितलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

दीक्षितसँगै बन्दना थापा पनि सर्वसम्मत सदस्य (महिला)मा चुनिइन् ।  सुशील प्याकुरेल र भुषण तुलाधर निर्वाचन जितेर सदस्यमा चुनिएका छन् । रुद्र पौडेल पराजित भएका छन् ।

साधारणसभाले लेखा सुपरीक्षण समिति पनि चयन गरेको छ । समितिमा प्रदीप राजोपाध्याय संयोजक र सिर्जना देवकोटा तिमिल्सिना तथा कुललाल डंगोल सदस्य चुनिए ।

साधारणसभाले संस्थाको अधिकृत पुँजी बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको छ । साभारणसभाले आर्थिक वर्ष २०७५/७६ र र २०७६/७७को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

साझाले दुबै वर्षमा घाटा ब्यहोरेको पाइएको छ, तर घाटाको विवरण खुलाएको छैन । उठेको भाडाबाट हुने चुहावटको नियन्त्रण प्रभावकारी रुपमा गर्न नसक्दा र पहिले ल्याएका ठूला बसहरुले तेल खपत बढी गर्ने गरेका कारण साझा यातायात नाफामा जान नसकेको कम्पनीका एक अधिकारीले बताए ।

गत वर्ष कोभिड-१९को महामारीका कारण पनि साझालाई घाटाको अवस्था आएको तर्क उनको छ । तर, पछिल्ला दिनमा साझा नाफा उन्मुख रहेको दावी ती अधिकारीकारीको छ । अब डिजिटल पेमेन्ट सिस्टमलाई प्रोत्साहन गरेर भाडाको चहावट रोक्ने नीति साझाले लिएको छ ।

सरकारले पनि विद्युतीय बस किन्न दिएर फिर्ता लगेको पैसा फेरि साझालाई नै फर्काएको छ । निकट भविष्यमै  टेन्डरमार्फत विद्युतीय बस किन्न प्रक्रिया थाल्ने साझाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment