+
+
Shares

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते २१:०४

८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।
सरकारले शान्तिपूर्ण राजनीतिमा आउन आहृवान गर्दै सम्वादका अनौपचारिक प्रयास गरिरहेका बेला विप्लव समूहले औपचारिक रुपमा बोलेको हो ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

२० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका थिए । अन्य च्यानलहरुबाट पनि सम्वादको प्रयास भइरहेको दाबी सरकारी अधिकारीहरुले गर्दै आएका थिए ।

विप्लवको पछिल्लो वक्तव्यमा सरकारले पनि सकारात्मक भनेको छ । र, शान्तिपूर्ण राजनीतिमा आउन चाहे त्यसको वातावरण बनाउने एक मन्त्रीेले बताए ।

विप्लव समूहका नेताहरुले भने आफूहरु वार्ताको विपक्षमा छैनौं भन्ने सन्देश मात्र दिएको र, अहिले तत्काल सम्वाद भइहाल्ने अवस्था नभएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?