Comments Add Comment

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।

पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले तोडफोडबारे जानकारी आएको र अनुसन्धान भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उदघाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उदघाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment