+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्छ : डा. महत

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १३:५४

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ ।

न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तत्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।’

पार्टी सभापति शेरबहादुर देउवा निकट डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो ।’ जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उनको भनाइ छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने नेपाली कांग्रेस तयार रहेको उनले बताए । अदालतले जे फैसला गरे पनि कांग्रेसले स्वीकार गर्ने उनको भनाइ छ ।

डा. महतले भने, ‘यस अर्थमा पनि पुनःस्थापना होस् त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?