+
+

ओली समूहले प्रदेशसभा बैठक बहिस्कार गर्ने

हरि अधिकारी हरि अधिकारी
२०७७ फागुन ९ गते १५:१२

९ फागुन, विराटनगर । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश १ को प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सभामुखलाई जानकारी गराएको ओली समूहमा रहेका मन्त्री जगदीश कुशियतले जानकारी दिए ।

निलम्बनको अवधि ३ महिना हुने भएकाले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने ओली समूहको जिकिर छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?