Comments Add Comment

आर्यन र हरिहरको चर्चा मात्र, ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी

दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ले बक्स अफिसमा तहल्का मच्चायो । यो चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो । यो चलचित्रको नेपाली भर्सन बन्ने चर्चा चलेको लामो समय भैसकेको छ । तर, निर्माणपक्षले अहिलेसम्म काम सुरु गर्न सकेको छैन ।

यो चलचित्रका लागि कहिले नायक हरिहर अधिकारी त कहिले नायक आर्यन सिग्देलको नाम अगाडि नआएको होइन । तर, दुबै जना नायक चलचित्रमा नहुने पक्का जस्तै देखिएको छ । किनकी, यो चलचित्रका लागि लिड कलाकारको खोजी निर्माणपक्षले गरेको छ ।

विशाल सापकोटाको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण संझौतामा हस्ताक्षर गरेका थिए ।

कुनै पनि दक्षिण भारतीय चलचित्रको अधिकार नै लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment