Comments Add Comment

थप ८० जनामा कोरोना संक्रमण पुष्टि

९ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ३२५ जनाको नमुना परीक्षण गर्दा ३३ जना महिला र ४७ जना पुरुष गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment