Comments Add Comment

महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड-माधव समूहको महिलाको प्रदर्शन

९ फागुन, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको महिलाहरुको प्रदर्शन नाराबाजीसहित बसन्तपुर पुगेको थियो ।

विरोध प्रदर्शनको नेतृत्व स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, अनेम संघका इन्चार्ज अमृता थापामगर, नेतृ शशी श्रेष्ठ लगायतले गरेका थिए ।

प्रदर्शनकारीले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग गरिएको प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment