९ फागुन, सप्तरी । देशमा बढिरहेको महिला हिंसा र बलात्कारविरुद्ध आइतबार सप्तरीमा प्रदर्शन गरिएको छ । नेकपा प्रचण्ड–माधव समूह निकट अखिल नेपाल महिला संघले सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो ।
मदननगरस्थित पार्टी कार्यालयबाट निकालिएको महिलाहरुको बिरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महिला नेतृहरुले देशमा बलात्कारका घट्ना बढिरहँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेको आरोप लगाए ।
महिला नेतृ उषा पोखरेल, प्रदेश सांसदहरु रुबी कर्ण, अनिता यादवसहितकाले हत्या, हिंसा र बलात्कारका घटनामा संलग्नलाई सरकारले लुकाउने गरेको आरोप लगाइन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4