Comments Add Comment

दिल्लीमा डा. भट्टराईको स्वास्थ्य परीक्षण हुँदै

१० फागुन, नयाँदिल्ली । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।

प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निर्क्यौल गरी उपचार विधि टुंगो लगाइने छ ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी त्यसको उपचारका लागि आइतबार दिल्ली गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment