+
+

मुन्धुम पदमार्ग धमाधम निर्माण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १०:४४

१० फागुन भोजपुर । गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको मुन्धुम पदमार्गको निर्माण कार्य धमाधम भइरहेको छ ।

स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा मुन्धुम पदमार्गको करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ ।

स्थानीय आर्थिक विकासको लागि मुन्धृुम पदमार्ग पर्यटन प्रवर्द्घन परियोजना अन्र्तगत निर्माण भइरहेको संयोजक हिराबाबु थापाले बताए ।

उनका अनुसार अहिले पदमार्ग फराकिलो बनाउने, सिँढी बनाउने, चौतारा बनाउने, किराँत पहिचानसँग जोडिएका चीहरुको सम्बर्धन एवम् प्रवर्धन गर्ने, साइनबोर्ड राख्ने कार्य भइरहेको बताए ।

मुन्धुम ट्रेल अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिकाका र खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिकाको भूगोलमा पर्दछ । अहिले साकेला, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका, षडानन्द नगरपालिकाका भूगोलमा विभिन्न ३३ वटा समूहले काम गरिरहेको

मुन्धुम ट्रेल किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किराँतीहरुले मुन्धुमको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको र यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको मुन्धुम ट्रेल पावीहाङ राईले बताए । यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली झल्किने निमार्ण कार्य भइरहेको राईले बताए ।

यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिने उनले बताए । यसबाहेक नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट नदेखिने ४५ वटा हिमश्रृफ्ला देख्न सकिन्छ । तराईका भू-भागहरु समेत अवलोकन गर्न सकिने छ ।

तस्वीर : परियोजना संयोजक हिराबाबु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?