+
+
Shares

यो हो संसारकै महँगो गाई, मूल्य ४ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १२:३१

एउटा गाईको मूल्य कति होला ? कुनै गाईलाई ४ करोड रुपैयाँ पर्छ भन्दा पत्याउन सक्नुहुन्छ ? बेलायतमा एउटा गाई ४ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ । त्योसँगै यो गाईले संसारकै महँगो गाईको रुपमा कीर्तिमान राखेको छ ।

कार्लिस्लेमा भएको लिलामीका क्रममा उक्त गाई २ लाख ६२ हजार पाउण्डमा बिक्री भएको छ । बेलायतको शिफनल जन्मिएको पोश स्पाइस नश्लको उक्त गाई कीर्तिमानी मूल्यमा बिक्री भएसँगै गाईकी मालिक्नी क्रिस्टिन विलियम्स र उनका पति पिटर टिपेट्स निकै खुसी छन् ।

उनीहरुको पशु फार्ममा १ सय ३० गाई तथा एक हजार जति भेडा छन् । तीमध्ये केही नश्लहरु निकै बहुमूल्य तथा दुर्लभ नश्लसमेत रहेका छन् ।

स्मरण रहोस् यसअघि सन् २०१४ मा पोश स्पाइस नश्लकै एक बाच्छी १ लाख ३१ हजार २५० पाउण्डमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?