Comments Add Comment

कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न तान्जानियालाई डब्ल्यूएचओको आग्रह

१० फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले तान्जानियालाई कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् । पछिल्लो समय तान्जानियामा उल्लेख्य संख्यामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो ।

तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले लामो समयदेखि कोरोना महामारीको बेवास्ता गर्दै आएका छन् । उनले बारम्बार भगवान्को सहयोगमा तान्जानियाले कोरोना महामारीलार्य जितेको दाबी गर्दै आएका छन् । साथै उनले महामारी नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि अस्वीकार गर्दै आएका छन् ।

यद्यपि पछिल्लो समय सरकारका वरिष्ठ अधिकारीमा नै कोरोना संक्रमण देखिएसँगै राष्ट्रपति मागुफुलीले मुलुकमा कोरोना संक्रमण फैलिएको स्वीकार गरेका हुन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले तान्जानियाबाट अन्य मुलुकमा आएका मानिसहरुमा पनि कोरोना संक्रमण पुष्टि भएकाले तान्जानियामा यो संक्रमण फैलिरहेको पुष्टि भएको बताएका छन् ।

डब्ल्यूएचओका प्रमुखले आफूहरुले तान्जानियाका अधिकारीहरुसँग यस विषयमा धेरैपटक छलफल गरेको भए पनि अझै पनि कोरोनाको विषयमा जानकारी पाउन नसकेको बताएका छन् । उनले यस विषयमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै गेब्रेयेससले तान्जानियालाई कोरोनाको परीक्षण गराउन र त्यसको नतिजा शेयर गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment