+
+
Shares

तीन महिनामा ४० जना विदेशीलाई नेपालबाट देश निकाला

सबैभन्दा बढी चिनियाँ नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १४:२६

१० फागुन, काठमाडौं । पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।

यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । विभागका अनुसार ओभस्टेको कसुरमा बढी चिनियाँ नागरिक नागरिक नेपालबाट निकालिएका छन् ।
यो अवधिमा नेपालबाट १३ जना नागरिक ओभरस्टेको कसुरमा देश निकालामा परेका छन् । मानव बेचबिखन र संगठित अपराधमा संलग्न रहेका ३ जना चिनियाँ नागरिकलाई समेत नेपालले देश निकाला गरेको छ ।

अन्य विविध कसुरमा भने ३ जना चिनियाँ नागरिक निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । यो अवधिमा ४ जना अमेरिकी नागरिक निष्काशनमा परेका छन् । जसमा ३ जना ओभरस्टेका कारण निकालिएका हुन् ।

एक जना भने लागुऔषधको कसुरमा निकालिएका छन् । अष्ट्रेलिया, यमन र पाकिस्तानका २/२ जना नागरिकलाई नेपालबाट निकालेको छ । प|mान्सका दुई नागरिक समेत ओभरस्टेका कारण निकालिएका छन् ।

यो अवधिमा रोमानिया, मौरिसस, मलेसिया, भियतनाम, ब्राजिल, बंगलादेश, जोर्डन, कंगो र इस्टोनियाका एक एक जना नागरिक समेत नेपालबाट निष्कासन भएको विभागको तथ्यांकमा उल्लेख छ । तीन महिनामा ओभरस्टेका कारणले मात्र २७ जना विदेशी नेपाल निकालामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?