+
+

१० दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा, रसुवागढी अझै अनिश्चित

तातोपानी नाका भएर व्यवसायीले चाहेजति सामान ल्याउन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते २०:२०

१० फागुन, काठमाडौं । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

‘माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको छ, आज ८ वटा कन्टेनर आउँदैछन्,’ खत्रीले भने । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताए ।

नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सकिने भन्सार प्रमुख खत्रीको भनाइ छ । नाका भएर माल वस्तु आयातका काम ढुक्क भएर गर्न चिनियाँले पक्षले आग्रह गरेको भन्दै उनलेे नेपाली व्यवसायीलाई पुनः व्यापार सुरु गर्न आग्रह गरे ।

यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।

अब खुल्दा नाकाबाट हुने ब्यापार कस्तो हुन्छ भन्ने विषयमा पनि चिनियाँहरुले कुनै जानकारी नगराएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?