Comments Add Comment

‘यो विछोड हो कि माया’बाट चर्चामा रोमन

गायक रोमन प्रकाश र गायिका रचना रिमालको स्वरमा समावेश ‘यो विछोड हो कि माया’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । यो गीतका गायक रोमन प्रकाशको स्वरको तारिफ भैरहेको छ । रोमनले हालसम्म संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् । तर, सानैबाट रेडियोमा गीत सुनेर र टीभीमा हेरेर उनले संगीत सिकेका थिए ।

घर परिवारको अगाडि गीत गाउँदै उनको रुची यो क्षेत्रमा बढेको हो । ‘विछोड हो कि माया’ बोलको गीत गाएपछि भने उनी सांगीतिक क्षेत्रमा चर्चामा छन् । रोमन आफू नेपाली सांगीतिक क्षेत्रमा नयाँ र पुराना धेरै गायकहरुबाट प्रभावित रहेको बताउँछन् । उनले, घरमै बसेर क्लासिकल गीतमा रियाज गर्ने गरेको पनि बताए ।

नेपाल बाहिर रहेर पनि सांगीतिक क्षेत्रलाई अगाडि बढाएका रोमनले आगामी दिनमा अझै उत्कृष्ट गीतहरु दर्शकमाझ पस्कने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment