
१० फागुन, काठमाडौं । विद्यार्थीका लागि डिजिटल सिकाइसम्बन्धी कार्यक्रम फागुन १३ गते काठमाडौंमा हुने भएको छ ।
‘डिजिटल लर्निङ डे’ को अवसरमा निमा एजुकेशन फाउन्डेसनले शैक्षिक संस्थाहरुमा डिजिटल प्रविधि र ज्ञान सहितको अध्ययन–अध्यापनलाई बढोत्तरी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।
शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउने उदेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
सन् २०१२ देखि विश्वव्यापी रुपमा मनाउन थालिएको यो दिवस नेपालमा भने फाउन्डेसनको पहलमा दुई वर्षदेखि मनाउन सुरु गरिएको हो । ‘डिजिटल लर्निङ डे’ यो वर्षको नारा ‘डिजिटल शिक्षाको लागि सँगै’ भन्ने रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4