Comments Add Comment

संसद विघटन : मुद्दाको पेसी आज ‘हेर्दाहेर्दै’मा

११ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो ।

सर्वोच्चले अब संसद विघटनविरुद्ध परेका रिटहरुमा फैसला सुनाउने तयारी गरेको छ । स्रोतका अनुसार अब बढीमा दुई-तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने छ । सर्वोच्चले संसद विघटनलाई सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ ।

पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

ओलीको यो कदमको सर्वत्र विरोध हुनुका साथै संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।

एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । प्रचण्ड-नेपाल पक्षले संसद विघटनलाई प्रतिगामी कदम भन्दै देशव्यापी आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment