+
+
Shares

नेपाल भलिबल संघ र केल्मीबीच दुई वर्षको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १०:५३

११ फागुन, काठमाडौं । नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टिमको अफिसियल किट्स स्पोनसरको रुपको खेल सामग्री उत्पादन कम्पनी केल्मीसँग सम्झौता गरेको छ ।

सोमबार नेपाल भलिबल संघ र केल्मीबीच सम्झौता भएको छ । संघकाअध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता दुई वर्षको लागि भएको र त्यसवापत केल्मीले राष्ट्रिय भलिबल टिमलाई जर्सी लगायत विभिन्न सामाग्री प्रदान गर्ने संघका महासचिव जितेन्द्र चन्दले बताए ।

केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौ पानेले भलिबल संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि राष्ट्रियक फुटबल टिम र विभिन्न क्लबसँग सहकार्य गरिसकेको बताउँदै अब भलिबलसँग पनि सहकार्य सुरु भएको बताए । भलिबलमा पनि सफल हुने उनको विश्वास छ ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्माले नेपाली भलिबलमा यो पुण्य काम भएको बताउँदै भलिबलसंग जोडिएकोमा केल्मीलाई धन्यवाद दिए ।

सम्झौतापछि केल्मीले दुई वर्षको लागि महिला र पुरुष टिमलाई जर्सी २० सेट प्रदान गर्ने, ट्रेनिङ जर्सी प्रदान गर्ने, ५० सेट नेट र २५० सेट बल प्रदान गर्ने संघका महासचिव चन्दले बताए । यस्तै नि प्याड सुज पनि केल्मीले दिनेछ ।

एफआईभिबीले अप्रुभ गरेमा केल्मीको बल फ्रेण्डली म्याचमा प्रयोग गर्नेगरी सम्झौता भएको संघका महासचिव चन्दले बताए ।

भलिबल नेपालको राष्ट्रिय खेल भइसकेपछि पनि नेपालले लोकल प्रोडक्ट नै लगाएर अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपरेको अवस्थामा केल्मीसँगकाे सम्झाैपति अब यसले खेलाडीलाई हौसला प्रदान गर्ने चन्दले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?