Comments Add Comment

फिल्ममा हरिहरको हल्ला मात्र

चलचित्र ‘शुभ लभ’मा काम गर्दै यूवा ज्योतिष हरिहर अधिकारीले रंगिन पर्दाको करिअर सुरुवात गरे । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । चलचित्र नचलेपछि हरिहरको उदाउन लागेको करिअरमा ठेस लाग्यो । तर, पनि हरिहरलाई चलचित्रको नशाले भने छोडेको थिएन ।

उनै, हरिहरको गतबर्ष चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा काम गर्ने चर्चा चल्यो । हरिहर नेपालको कविर सिंह बन्न लागेको चर्चा चलेसँगै उनले आफूले तयारी पनि गरिरहेको बताए । तर, यो चलचित्र पनि उनका लागि हल्ला मात्र भयो । चलचित्रका लागि नयाँ कलाकारको खोजी गर्दै अडिसनको आह्वान गरिएको छ ।

गतबर्ष नै हरिहरको अनुहार लुकाउँदै चलचित्र ‘प्रेम पूजा’को घोषणा भयो । यो बर्षको दशैंमा रिलिज गर्ने भन्दै चलचित्रको फस्टलुक नै रिलिज भएको थियो । तर, अब यो चलचित्र पनि बन्ने वा नबन्ने पक्का छैन । ‘प्रेम पूजा’ पनि हरिहरका लागि हल्ला मात्रै हुने देखिएको छ ।

बरु, लकडाउनयता हरिहर नायिका निता ढुंगानाको प्रेममा छन् । यी दुइको प्रेम चर्चाले नै नेपाली मिडिया गर्माएको छ । चलचित्र नखेलेपनि हरिहरको चर्चा नीतासँगको प्रेमका कारण भैरहेको छ ।

नीताले बनाउने भनेको चलचित्र ‘माया’ पनि यसै अल्झिएको छ । उनले, वेव सिरिज बनाउने तयारी गरेकी थिइन् । जसको काम दशैं अगाडि नै सुरु हुने बताइएको थियो । तर, वेव सिरिजको काम पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रेममा रहेका हरिहर र नीताले चलचित्रको काम कहिलेबाट सुरु गर्लान् ? कि सधै चलचित्रको हल्ला मात्र गरेर बस्ने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment