Comments Add Comment

घर बनाएपछि बिहे गर्छुः पल शाह

नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा ‘सभ्यताको घर’को पनि उद्घाटन गरे । यो घरमा पलले २ वटा टहरा निर्माण गरेका छन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् । लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ ।

पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । तर, अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु । इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’

पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए । भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’

पलको नाम म्यूजिक भिडियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जोडिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमासँगको प्रेम चर्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम सम्बन्ध छैन । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमेष्ट्री मन पराउनु स्वभाविक नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment