+
+
Shares

स्रोत नखुलेको १० लाख रकमसहित दुई महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १४:५०

११ फागुन, सप्तरी । सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?