Comments Add Comment

ओलीको स्वेच्छाचारिता अन्त्यको लागि चुनाव आवश्यक : कमल थापा

११ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको बताएका छन् ।

मकवानपुरमा आयोजित राप्रपाको कार्यक्रममा उनले चुनावपछि ओलीको स्वेच्छाचारिता अन्त्य हुने जिकिर गरे । पछिल्लो राजनीतिक घटनाक्रमबाट मुलुक गम्भीर संकटमा पर्नसक्ने संकेत गर्दै अध्यक्ष थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताए ।

संसद विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्च अदालतले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उपयक्त हुने धारणा राखे ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो । ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस्’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment