Comments Add Comment

वर्षाले साइन गरिन् ‘कालिपुरुष’

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र साइन गरेकी छिन् । वर्षाले आज चलचित्र ‘कालिपुरुष’ साइन गरेकी हुन् । यो चलचित्रको वर्किङ टाइटल हो । नाम पछि परिवर्तन हुने वर्षाले अनलाइनखबरसँग बताएकी छिन् ।

केही हप्ता अगाडि मात्र ‘सुदुर’ चलचित्र छाडेकी वर्षाले विना कार्कीको निर्माणमा बन्न लागेको चलचित्र साइन गरेकी हुन् । राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहनेछ । यो चलचित्रमा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको अन्य टिम विस्तारै फाइनल गर्दै लैजाने निर्माणपक्षले बताएको छ । निर्देशक आचार्यले भारतमा रहेर केही वेव सिरिजमा काम गरेका थिए भने फिल्म मेकिङमा पनि व्यस्त थिए ।

सस्पेन्स थ्रिलर कथामा यो चलचित्र निर्माण हुन लागेको हो । वर्षाले अनलाइनखबरसँग भनिन्–‘म चलचित्रमा आफ्नो भूमिका, कथावस्तु र टिम हेर्छु । यो चलचित्रको कथा राम्रो छ । टिम पनि मन परेपछि चलचित्र साइन गरेकी हुँ ।’

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ ।  लकडाउन लगतै नायिका सिवाकोटीले चलचित्र ‘परदेशी २’को छायांकन सकाएकी थिइन् । उनले अभिनय गरेको चलचित्र ‘लक्का जवान, मनसँग मन’ रिलिजको क्रममा छ । वुझिअनुसार, वर्षाले केही दिनमै अर्को एक चलचित्र पनि साइन गर्ने तयारी गरेकी छिन् ।

लकडाउन खुलेसँगै नेपाली चलचित्रको निर्माणक्रम बढेको छ । योसँगै कलाकारको व्यस्तता पनि बढ्न थालेको छ । नायिका सिवाकोटी पनि एकपछि अर्को चलचित्रमा व्यस्त देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment