+
+
Shares

ओलीले संविधान सिध्याउन खोजे, अदालतले बचायो : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ११ गते १९:२७

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङले लोकतन्त्र र संविधान जोगाउने फैसला गरेको बताएका छन् । संसद् विघटन विरुद्ध रिट दायर गरेका गुरुङले अदालतको फैसलाले तुल्याएको बताए ।

‘प्रधानमन्त्रीले पुस ५ मा चालेको कदमले सदन मात्रै नभएर संविधान सिध्याउन आट्नु भएको थियो । अदालतले सच्याउने काम गरेको छ’, उनले भने । ओलीले चालेको लोकतन्त्र सिध्याउने खेल पनि अन्त्य भएको उनले बताए ।

‘लोकतन्त्र सिध्याउने खेल अदालतको फैसालले टरेको छ । संविधानको रक्षा निम्ति यो ऐतिहासिक फैसला हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?