Comments Add Comment

‘कमेडी च्याम्पियन २’ले दर्शकको अपेक्षा पुरा गर्छः विशाल र केकी

पहिलो सिजनले सफलता पाएपछि उत्साहित बनेको ‘कमेडी च्यापिम्यन’को टिमले दोश्रो सिजन प्रशारणको तयारी गरेको छ । फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि यो शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुँदैछ ।

आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोका विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ । सो अवसरमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरु झेलिएपनि दोश्रो सिजनमा त्यो समस्या नभएको बताए । उनले भने–‘पहिलो सिजनमा कतिपय कुराहरु हामीले आर्थिक अभावका कारण पुरा गर्न सकेका थिएनौ । दोश्रो सिजनमा हामीलाई यो कुराको समस्या छैन । यसैले पनि हामी धेरै सपनाहरु यसपटक पुरा गर्दैछौ ।’

रेडियो कान्तिपुर तथा कान्तिपुर टीभीका स्टेशन म्यानेजर दिनेश डीसीले यो शोले दर्शकको मन जितेको भन्दै ५ बर्षसम्म निर्माण टिम र टेलिभिजनविच प्रशारणको संझौता भएको बताए । नेपालमै बनेको पहिलो अर्गानिक शो भएका कारणले पनि यसलाई दर्शकले रुचाएको उनको भनाई थियो ।

नायिका केकी अधिकारीले पहिलो सिजनमा आफू सधै नै आर्थिक दबाबमा रहेको बताउँदै यसपटक भने यो दबाब नभएको बताइन् । गतबर्षका भन्दा यसपटकका प्रतिस्पर्धीमा के फरक पाउनुभयो भन्ने प्रश्नमा निर्देशक विशालले भने–‘यसपटक दर्शकले झनै बढी बिषयवस्तु र प्रस्तुती पाउनुहुनेछ । दर्शकको अपेक्षा हामीले मर्न दिएका छैनौ ।’

कार्यक्रमकी संचालिका रीमा विश्वकर्माले ‘कमेडी च्याम्पियन २’को प्रतिक्षामा रहेका दर्शकले निराश हुनुनपर्ने बताइन् । यो बर्ष पनि गतबर्षको जस्तै निर्णायकहरुमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment