+
+

कञ्चनपुरमा छतबाट खसेर एक विद्यार्थीको मृत्यु   

रासस रासस
२०७७ फागुन १३ गते १७:५२

१३ फागुन, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘मादक पदार्थ सेवन गरेका उनको छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’ प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?