Comments Add Comment

औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

फाइल तस्वीर

१३ फागुन, विराटनगर । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतलाई अख्तियारको टोलीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुसबापत लिएको दुई लाख रुपैयाँसहित फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सुवेदीले तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा रहेको एउटा फार्मेसीको कारबाही फुकुवा गर्ने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए । मेन्छेयाममा रहेको एउटा फार्मेसीमा उपचार गराएका एक व्यक्तिको गत वैशाख ५ गते मृत्यु भएको थियो । सो घटनापछि सञ्चालक विरुद्ध मुद्दा दायर भएको थियो । धरौटीमा छुटेका सञ्चालक विरुद्धको मुद्दा विचाराधीन अवस्थामा छ ।

मुद्दाका विषयमा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले औषधि व्यवस्था विभागसँग राय मागेपछि विभागका कर्मचारी फार्मेसी सञ्चालकसँग घुस माग्न पुगेका थिए ।

बिरामीको मृत्यु भएपछि औषधि व्यवस्था विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो । औषधि पसल सञ्चालकसँग जेल नपर्ने र पसलको कारबाही फुकुवा गर्ने गरी कागज बनाइदिने भन्दै सुवेदीले घुस मागेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment