Comments Add Comment

इरान समर्थित समूहमाथि अमेरिकाको हवाई आक्रमण

Photo Credit : Reuters

१४ फागुन, काठमाडौं । अमेरिकी सेनाले पूर्वी सिरियामा बिहीबार इरान समर्थित संगठनमाथि हवाई आक्रमण गरेको छ । केही समयअघि इराकमा अमेरिकी सेना रहेको स्थानलाई लक्षित गर्दै भएको आक्रमणको विषयलाई लिएर अमेरिकी सेनाले बिहीबार उक्त आक्रमण गरेको हो ।

अमेरिकाको रक्षामन्त्रालयलका प्रवक्ताले राष्ट्रपति जो बाइडनको निर्देशनमा उक्त आक्रमण भएको बताएका छन् । अमेरिकी सेनाले दिएको जानकारीअनुसार सिरियामा रहेको इरान समर्थित समूह रहेको विभिन्न सात स्थानमा फाइटर विमानबाट बम आक्रमण गरिएको थियो ।

सिरियामा मानव अधिकारको नियमन गरिरहेको संस्थाका अनुसार उक्त आक्रमणमा परी इरान समर्थित दर्जनभन्दा धेरै मानिसको मृत्यु भएको छ । यसअघि फेब्रुअरी १५ मा इराकमा भएको आक्रमणमा एक विदेशी ठेकेदारको मृत्यु भएको थियो भने एक अमेरिकी सैनिकसहित नौ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment