Comments Add Comment

स्वार्थ नबोकी काम गर्छु-मन्त्री अर्याल

१४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा रहुन्जेल स्वार्थ नबोकी काम गर्ने बताएकी छिन् ।

शुक्रबार कृषि पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै मन्त्री अर्यालले बदलिँदो राजनीतिक परिस्थितिमा मन्त्रालय बसाई जति दिनको भएपनि आफूले कुनै स्वार्थ नबोकी काम गर्ने उनको भनाइ थियो ।

मन्त्रालयको गलत काम कारबाही सच्याउँदै अघि बढ्ने भन्दै उनले भनिन् ‘म दुविधा र स्वार्थ बोकेर मन्त्रालय आएको छैन्, जति समय बसिन्छ किसान हितमा काम गर्छु,’ मन्त्री अर्यालले भनिन् ।

किसान सूचीकरण, वर्गिकरण तथा रासायनिक मलको उपलब्धतालाई प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताइन् । यान्त्रीकरण गरेर कृषकको जिवनस्तर उकास्न मन्त्रालयले काम गर्ने भन्दै उनले रासायनिक मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रलय लागि परेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment