Comments Add Comment

युसुफ पठानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१४ फागुन, काठमाडौं । ओडीआई र टी-२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पठानले शुक्रबार सन्यास घोषणा गरेका हुन् ।

पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए । पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै पठानले सबे खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । पठानले भारतका लागि २००७ मा टी-२० विश्वकप र २०११ मा ओडीआई विश्वकप जितेका थिए ।

पठानले पछिल्लो पटक सन् २०१२ मा जोहानेसवर्गमा भारतका लागि खेलेका थिए । उनले २००७ देखि २०१२ सम्म भारतका लागि ५७ ओडीआई र २२ टी-२० अन्तर्राष्ट्रिय खेल खेले ।

उनले सन् २००१-०२ को सिजन बारोडाका लागि खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । पठानले तीन पटक इन्डियन प्रिमियर लिग उपाधि समेत जितेका छन् ।

यस्तै भारतीय बलर रंगनाथ (आर) विनय कुमारले पनि शुक्रबारै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय बलर विनयले अन्तर्राष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

तीब्र गतिका बलर विनयले भारतका लागि १ टेस्ट, ३१ ओडिआई र ९ टी-२० अन्तर्राष्ट्रिय  खेलेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment