Comments Add Comment

दया व्यस्त हुँदा वर्षासँगको फिल्म सुरु हुनै सकस

नायिका वर्षा राउतले लकडाउन अगाडि २ वटा चलचित्र साइन गरिन् । उनले साइन गरेका दुबै चलचित्र ‘२ नम्बरी र के घर के डेरा’मा मुख्य नायकको रुपमा दयाहाङ राई छन् ।

चलचित्र ‘२ नम्बरी’को छायांकन केही प्रतिशत चलिरहँदा लकडाउन भयो । लकडाउन सकिएपछि वर्षाले म्यूजिक भिडियोमा काम गरिन् । उनी आफैले पनि आफूलाई नयाँ चलचित्रको अफर नआएको बताएकी छिन् । यसरीहेर्दा, वर्षाको हातमा लकडाउन अगाडि साइन गरेका २ चलचित्र मात्रै छन् ।

यतिबेला धमाधम चलचित्रको काम भैरहेको छ । केही नायिकाहरु चलचित्रको काममा व्यस्त छन् । तर, वर्षा भने म्यूजिक भिडियोमा मात्रै व्यस्त छिन् । उनले अभिनय गर्ने भनिएका दुबै चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

वर्षाले काम गर्ने चलचित्रको छायांकन सुरु हुनका लागि दयाहाङले समय दिनुपर्ने हुन्छ । तर, दयाको हातमा दर्जन बढी चलचित्र छन् । उनलाई चलचित्रका लागि समय मिलाउन नै धौ धौ पर्ने देखिएको छ ।
दयाले चलचित्र ‘बिहे पास’को काम सुरु गर्दैछन् । बैशाख २ गतेबाट चलचित्र ‘कबड्डी ४’को छायांकन सुरु हुने चर्चा छ । यसरीहेर्दा, दयासँग जेठ अगाडि समय नै छैन ।

चलचित्र ‘के घर के डेरा’का निर्देशक सुव्रतराज आचार्य जेठबाट चलचित्रको छायांकन सुरु गर्ने योजना रहेको बताउँछन् । चलचित्र ‘२ नम्बरी’को छायांकन चैत्र १५ गतेबाट सुरु गर्ने योजना निर्माता किरण नेपालीको छ । तर, दयाको समय नमिलेसम्म यी दुबै चलचित्र सुरु हुने संभावना छैन । यी दुबै चलचित्रका लागि दयाले समय दिएनन् भने वर्षा राउत खाली बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment