+
+
Shares

नीतालाई भेट्न आगरा पुगे हरिहर

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते १५:१८

नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा नेपाली मिडियाका लागि अब कुनै नौलो रहेन । उनीहरुले, सामाजिक संजालबाट नै प्रेम स्विकार गरिसकेका छन् । हरिहर र नीताको प्रेम सुरु भएको एक बर्ष बढी भयो । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि चलिरहेको छ ।

हरिहर र नीताले एक अर्कासँग पर्याप्त समय पनि बिताइरहेका छन् । कहिले पोखरा त कहिले मुम्बई पुगेर उनीहरुले समय बिताएको यस अगाडि पनि देखिएकै हो । उनै, हरिहर यतिबेला भने भारतमा छन् । नायिका ढुंगाना भोजपुरी चलचित्र ‘माही’को छायांकनका क्रममा आगरामा छिन् ।

नीता चलचित्रको छायांकन गर्न भारत पुगेपछि हरिहरलाई एक्लै समय कटाउन गाह्रो भएछ क्यारे । उनी पनि नीताले छायांकन गरिरहेको स्थानमा पुगेका छन् । नीताले सामाजिक संजालमा ‘तिमी आयौं बहार आयो’ भन्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् । हरिहर आगरा पुगेपछि नीताको दैनिकीमा बहार आएको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?