Comments Add Comment

कर्णालीको विकासमा जेसीबीको सहयात्रा

१५ फागुन, काठमाडौं । भनिन्छ, विकास गाडी चढेर मात्रै आउँछ । विकासको अनुहार नै देख्न नपाएको जुम्लामा २०६४ सालमा जब सदरमुकाम खलंगा (चन्दननाथ नगरपालिका)मा सडक पुग्यो, त्यसपछि जिल्लाले काँचुली नै फेर्‍यो । त्यसमा महत्वूर्ण भूमिका खेले गाउँ-गाउँ पुग्न बाटो खन्ने ठूला उपकरण (हेभी इक्विपमेन्ट) ले ।

जब विकासको लागि जुम्लाका ग्रामीण भेगसम्म ठूला मेसिन (हेभी इक्विपमेन्ट)हरु चल्न थाले, त्यसपछि यो जिल्लाले धेरै खालका समस्याहरुको समाधान पायो । तर, धमाधम काम गरिरहेको हेभी इक्विपमेन्ट बिग्रेर महिनौंसम्म थन्किँदा निर्माण व्यवसायीलाई हुने क्षति र दुःखकष्ट भने नयाँ र ठूलो चुनौतीका रुपमा उदायो । यस्तो समस्याले विकासलाई महँगो मात्रै बनाएन, परियोजनाहरु तोकिएको समयमा सम्पन्न पनि भएनन् र विकासका भोका जनताले पनि मुखैमा आएका विकासको स्वाद समयमै चाख्न पाएनन् ।

‘मेसिन बिगि्रयो कि सर्खेत र नेपालगञ्जमा प्राविधिक लिन धाउनुपर्ने दुःख थियो,’ निर्माण व्यवसायी कर्मा बुढा भन्छन्,’अब भने जुम्लाको यो व्यथाको निदान हुने आश पलाएको छ ।’

हालै विश्वप्रसिद्ध हेभि उपकरण ब्रान्ड जेसीबीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले माथिल्लो कर्णालीको यस्तो समस्या समाधानको लागि पहल लिएको छ । जेसीबीको आधिकारिक बिक्री केन्द्रसहित थ्रीएस (सेल्स, स्पेयर्स र सर्भिस) सुविधा जुम्लामै पुगेको छ । ‘अंकित जनरल स्टोर’नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको ठूला मेसिनरीको आधिकारिक आउटलेट हो । अब मेसिन बिग्रँदा मेकानिक मात्रै हैन, जेसीबीका अत्याधुनिक मेसिनहरु र त्यसका पार्टपूर्जा पनि जुम्लामै उपलब्ध हुन थालेको छ ।

कर्णाली क्षेत्रमा सडकसहित विभिन्न पूर्वाधार बनाउन यसैपनि जेसीबीका उपकरण सुरुबाटै परिचालित थिए । आफ्नो उपस्थितिलाई थप बलियो बनाउन जेसीबी आधिकारिक रुपमै तत्कालीन कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा पुगेको छ ।

व्यवसायीमा उत्साह

यो सेवाको सुरुआतपछि स्थानीय निर्माण व्यवसायी निकै उत्साहित छन् । विकास निर्माणको काम गर्दा पर्ने मेसिनजन्य प्राविधिक समस्या समाधान गर्न मात्रै नभएर, आवश्यक पर्ने मेसिन पनि घरदैलोमै किन्न पाउने भएपछि उनीहरु उत्साहित हुन् ।

‘यो सेवा एक दशकअघि नै पाउन सकेको भए हामीलाई मेसिन बिग्रिएपछि हप्तौं थन्काउँदा हुने क्षति कम हुन्थ्यो,’ स्थानीय निर्माण व्यवसायी गणेश महतले भने, ‘मेसिन किन्न पनि हामीलाई अनेकन झन्झटहरु थिए, अब स्थानीय स्तरमै सेवा पाउने भएपछि हाम्रो आत्मविश्वास पनि बढेको छ ।’

विकट क्षेत्रमा काम गरिरहँदा ठूला मेसिनहरुमा प्राविधिक समस्या आएमा सुल्झाउन कठीन हुने गरेको महत बताउँछन् । अब जेसीबीले सेवा थालेपछि प्राविधिकहरुलाई फिल्डमा पठाइहाल्ने र बनाइहाल्ने वातावरण तयार हुनेमा उनी आशावादी छन् ।

‘निर्माण व्यवसायको लागि ठूला मेसिनहरु भनेको मेरुदण्ड नै हो, ठूला मेसिनसम्बद्ध सेवा जति सहज, सरल र प्रभावकारी हुन्छ, त्यति नै विकासको कामले पनि गति लिन्छ,’ उनी भन्छन्,’जेसीबीले सेवा लागि जुम्ला आउने आँट गर्‍यो, यो चानचुने कुरा हैन ।’

‘कर्णालीको विकासको सहयात्री’

अर्का निर्माण व्यवसायी बलबहादुर शाही पनि जेसीबीको आधिकारिक आउटलेटको जुम्ला आगमनले उत्साहित छन् । ‘यो जेसीबीको लागि भर्जिनल्यान्ड जस्तै हो,’ उनी भन्छन्,’यहाँ व्यवसायिक सम्भावना मात्रै छैन, यस्तो ऐतिहासिक र महत्वपूर्ण भूमिमा आएर जेसीबीले आफ्नो सेवाको भावलाई पनि प्रकट गरेको छ, चुनौतीलाई पनि स्वीकार गरेको छ ।’

जुम्लामा प्रभावकारी सेवा दिन सके जेसीबीले जुम्लामै एउटा इतिहास रच्ने अर्का निर्माण व्यवसायी हेमन्त थापाको विश्वास छ । जुम्लाका निर्माण व्यवसायीका लागि जेसीबी सहज विकल्पसहित उत्कृष्ट उत्पादन र स्किमहरु ल्याउने अपेक्षा गरिएको भन्दै उनले त्यसले कम्पनी र व्यवसायी दुबैका लागि नयाँ अवसरहरु सिर्जना गर्ने बताए ।

‘यो क्षेत्र लामो समय विकासमा पछि पर्‍यो, अब यहाँ विकासको गति लिएको छ,’ उनी भन्छन्,’अब जेसीबी पनि यहाँको विकासको सहयात्री हो, जेसीबीलाई जुम्लामा स्वागत गर्न पाउँदा हामी हषिर्त छौं ।’

जुम्लाका अर्का निर्माण व्यवसायी तारासिंह कठायत स्थानीय स्तरमै ठूलो कम्पनीको आउटलेट खुलेकाले अब आवश्यक पर्दा मेसिनहरु किन्न पहिलोजस्तो झन्झट नहुने बताउँछन् ।

‘ऋण काढेर मेसिन किन्दा पनि व्यवसायीमाथि अविश्वास धेरै गरिन्छ,’ उनी भन्छन्, ‘अब आवश्यक मेसिन किन्न प्रक्रियाको सरलीकारण पनि हुन्छ भन्ने अपेक्षा गरेका छौं, आफ्नै ठाउँमा मेसिन किन्न र बगि्रँदा सजिलै बनाउन पाउनु व्यवसायीका लागि अहोभाग्य नै हो ।’

‘सेवा गरे मेवा’

विकासमा पछि परेको ठाउँमा पनि विश्वस्तरका कम्पनीहरु आफैं उपस्थित भएर सेवा दिनु गर्वको विषय भएको कठायत बताउँछन् ।

‘जताततै विकासका कामले गति लिएको छ, यही बेला जेसीबीले यहाँ थ्रीएस सुविधा दिन थाल्दा विकासमा एउटा इँटा थपिएजस्तो भएको छ,’ भन्छन्, ‘मेसिन मात्रै बेच्ने तर सेवा दिन हिच्किचाउने प्रवृत्तिलाई जेसीबीले चिर्न खोजे जस्तो छ ।’

जुम्लामा विभिन्न कम्पनीका मेसिनहरु चलिरहेपनि बिग्रदा सेवा पाउन सास्ती हुने गरेको व्यवसायीको गुनासो छ । विक्रीमा समयमा विभिन्न आश्वासन दिने तर, सेवा दिनुपर्ने समयमा पन्छिने अन्य कम्पनीको प्रवृत्तिलाई जेसीबीले चुनौती दिएको व्यवसायीहरु बताउँछन् । जेसीबीले दक्ष प्राविधिकहरु उत्पादन गरेर जुम्लामा पठाएमा कम्पनीको व्यवसायिक प्रगति पनि हुने उनीहरुको मत छ ।

‘जेसीबी जुम्लाको विकासको साक्षी पनि हो, झन् अब हाम्रै घरदैलोमा सेवा दिन आएको छ,’ निर्माण व्यवसायी रास्तु कठायतले भन्छिन्,’ कम्पनीले सेवालाई अझै प्रभावकारी बनायो भने हामी आभारी हुनेछौं ।’

उनकाअनुसार ठूला मेसिन उत्पादक र वितरक कम्पनीको सेवा प्रभावकारी नहुँदा अहिले जुम्लामा विकासको काम खर्चिलो भएको छ । त्यसको भार निर्माण व्यवसायीलाई मात्रै हैन, सरकारमाथि पनि परेको छ ।

‘अब यहाँ मेसिन किन्न नसकेर भाडामा काम चलाइरहेका व्यवसायीले पनि आँट गर्छन्,’ उनी भन्छन्,’गाउँठाउँको आउटलेटबाट मेसिन किनेर चलाउन पाउँदा सहज त हुन्छ नै, आत्मविश्वास पनि बढ्छ ।’

नेपालगञ्ज र सुर्खेतमा निर्भर भएर व्यवसाय चलाउनुपर्दा मानसिक रुपमा पनि सास्ती हुने गरेको भन्दै उनले जेसीबीको सेवाले व्यवसायीका उपककरणजन्य अनेकन समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

‘जुम्लाले नेपालगञ्ज र सुर्खेतमा निर्भर हुने दिन विस्तारै घटाउँदै लगेको अवस्थामा जेसीबीको पहलहदमीले थप बल दिएको छ,’ उनी भन्छिन्,’व्यवसायीले भोगेका समस्याहरुमा अरु कम्पनी पनि जेसीबीजस्तै जिम्मेवार बनून् भन्ने हामी चाहन्छौं  ।’

जेसीबीले ‘सेवा गरे मेवा मिल्छ’ भन्ने आशय राखेर काम गर्दा त्यसको लाभ व्यवसायीले मात्रै नभएर सिंगो देशले पाउने कठायतले बताउँछिन् ।

‘विकासको सहजकर्ता बन्छौं’

जेसीबीको थ्रीएस सुविधा पुर्‍याएका अंकित जनरल स्टोरका सञ्चालक चन्द्र खड्का स्थानीय समस्यालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयर्सको सुविधा जुम्लामै उपलब्ध गराउन थालिएको बताउँछन् ।

‘ठूला मेसिनसम्बद्ध सेवा नपाएर हैरान भएका व्यवसायीलाई नै लक्षित गरेर सुविधा दिन थालेका हौं,’ उनी भन्छन्,’दुर्गम मानिने जुम्लाको विकासको काम सहज बनाउन पनि हाम्रो भूमिका हुनेछ, त्यसकै लागि काम गर्नेछौं ।’

उनका अनुसार करिब डेढ दशकदेखि कर्णालीमा उपकरणहरु चलिरहेपनि छिटो र स्तरीय सेवा पाउन नसकेकाका कारण कष्ट भोगेकाहरुलाई अब सहज हुने गरी काम सुरु भएको छ ।

खड्काका अनुसार यो आउटलेट जुम्लाको लागि मात्रै हैन, अन्य जिल्लाका लागि पनि पायक छ । कालिकोट, दैलेख, मुगु, डोल्पाले पनि यहीँबाट सेवा पाउनेछ । ती क्षेत्रमा पनि विकासको काम धमाधम भइरहेकाले बजार विस्तारको सम्भावना पनि उत्तिकै छ ।  कर्णालीले विकासको लय समातेकाले त्यस क्षेत्रमा सक्रिय व्यवसायीलाई स्तरीय उपकरण र बिक्रीपछिको सेवा दिने गरी अंकित जनरल स्टोरले काम गर्ने खड्काले बताउँछन् ।

अहिले कर्णालीका हरेकजसो गाउँ तथा नगरपालिकामा दर्जनौं निर्माण उपकरण काम गरिरहेका छन् । तर, ठूला उपकरणमा बिक्रीपछिको सेवा पाउनु कर्णाली क्षेत्रका लागि निकै कठीन भएकाले समस्या समाधानको लागि जेसीबीसँग सहकार्य गर्ने गरी डिलर सञ्चालनमा ल्याएको सञ्चालक खड्काको भनाइ छ ।

जुम्लामा अहिले जेसीबीका दुई मिस्त्री छन् । तालिममार्फत उनीहरुलाई थप दक्ष बनाउँदै सेवालाई प्रभावकारी बनाउने योजना अंकित जनरल स्टोरको छ । आवश्यक परे थप जनशक्ति समेत राखेर ग्राहकलाई सुन्तुष्ट गर्नेमै आफूहरुको ध्ान केन्दि्रत हुने उनले बताए ।

‘ठूला मेसिन जहाँ बिगि्रयो, त्यहाँ नै पुगेर स्पेयर्स र सभिर्स सविधा दिनुपर्छ,’ उनले भने, ‘यहाँ काम गर्न अनेकन चुनौती छन्, र पनि हामी प्रतिवद्ध भएर लागेका छौं, तल्लो हिमाली क्षेत्रसम्म नै पुगेर सेवा दिन सक्छौं ।’

अब मेसिन बिगि्रएमा हप्तौंसम्म थन्क्याएर राख्नुपर्ने बाध्यता हटाइने स्टोरीकी प्रोपाइटर रामदेवी खड्काले बताउँछिन् । उनका अनुसार आउटलेट्र खुलेलगत्तै जेसीबीबारे चासो राख्दै आउने व्यवसायीको संख्या उत्साहजनक ढंगले बढ्दैछ । खुलेको पहिलो हप्तामै दुईवटा ब्याकहो लोडर र एउटा एक्स्काभेटर बिक्री भइसकेको उनले बताइन् ।

जेसिबीको आधिकारिक डिलरमार्फत कर्णालीको विकास निर्माणको सहायकका रुपमा भूमिका खेल्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

मेसिन बढी चलाउन सक्दा व्यवसायी र सरकारलाई फाइदा हुने भन्दै उनले त्यही वातावरण तयार गर्ने गरी काम सुरु भएको बताइन् । ‘हामीसँग विश्वस्तरीय मेसिनहरु छन्, सेवा पनि त्यही स्तरको दिन प्रयास गर्दैछौं,’ उनले भनिन्,’ग्राहकलाई सुन्तुष्ट गर्न सक्यौं भने कर्णालीको विकासमा हाम्रो पनि प्रयत्न झल्किन्छ ।’

जताततै जेसीबी

जेसीबी हाल नेपालभर ३५ वटा आउटलेटबाट सेवा दिँदै आएको छ । जुम्लासहित धादिङको गल्छी, खुर्कोट, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन, हिले, फिदिम, चन्द्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक बिक्री केन्द्र सञ्चालनमा छन् ।

जेसीबीका मेसिनहरु चलिरहेका ग्रामीण क्षेत्रमा गुणस्तरीय ‘आफ्टरसेल्स सर्भिस’ दिन विकट पहाडी तथा हिमाली भूगोलमा पनि ‘एआरओ’ स्थापना गर्न कम्पनी प्रतिवद्ध भएर अघि बढेको एमएडब्लु अर्थमुभर्सका बजार व्यवस्थापक यम गुरुङले बताए ।

जेसीबीका एस्काभेटर, मिनी एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल्ड लोडर, स्किड स्टिर लोडर, जेनेरेटर र टेले ह्यान्डलर नेपाली बजारमा उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु नेपाली माटोमा लोकपि्रय बनेका छन् ।

‘जेसीबीका मेसिन जहाँ छन्, त्यहाँसम्म नै हाम्रो सेवा र उपस्थिति पुगोस् भन्नेमा हाम्रो जोड छ,’ गुरुङ भन्छन् ‘जुम्लासम्म आउटलेट खोलेर हामीले त्यही प्रतिवद्धतालाई पुष्टि गरेका हौं, हामी हरेक ग्राहकलाई निरास हुन नदिने गरी काम गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment