Comments Add Comment

टिकटक स्टारको मृत्यु प्रकरणमा महाराष्ट्रका मन्त्रीले दिए राजीनामा

१६ फागुन, काठमाडौं । टिकटक स्टारको मृत्युमा नाम जोडिएपछि भारतको महाराष्ट्र राज्यका वन मन्त्री सजय राठोडले राजीनामा दिएका छन् । शिव सेना पार्टीका उनले आइतबार मुख्यमन्त्री उद्धव ठाकरेसँगको छलफलपछि राजीनामा दिएका हुन् ।

टिकटक स्टार २२ वर्षकी पूजा चवनको मृत्युमा उनको नाम जोडिएको थियो । गत फेबु्रअरी ८ मा चवनले एक भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् । यो घटनाको विषयलाई लिएर विपक्षी दलले मन्त्री राथोडको आलोचना गरेका थिए ।

मन्त्री राथोड र उनकी पत्नीले आइतबार दिउँसो मुख्यमन्त्रीसँग यो घटनाको विषयमा छलफल गरेका थिए ।

राजीनामा दिएपछि पत्रकारसँग कुरा गर्दै मन्त्री राथोडले विपक्षी भारतीय जनता पार्टीले आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजेको आरोप लगाए । उनले घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment