+
+
Shares

दाउ प्रहार गरी घाइते बनाएको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १३:०९

१७ फागुन, काठमाडौं । आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ । ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-१० कालीझोडाका ३३ वर्षीय वसन्त राई पक्राउ परेका हुन् ।

कुसुमको घरमा दुवै जनाले मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा वसन्तले उनीमाथि दाउ प्रहार गरेको प्रहरीको भनाइ छ । दाउ प्रहारबाट घाइते भएका कुसुमको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?