Comments Add Comment

भद्रासन योग : योगासनको क्रममा ध्यान दिनुपर्ने कुरा

अष्टाङ्ग योगमा वर्णित “भद्रासन” सौम्य एवं आध्यात्मिक आसनहरूको रूपमा चिन्ने गरिन्छ । संस्कृत शब्द “भद्रासन” को अर्थ : भद्र अर्थात् विनम्र या शीलवान र आसनको अर्थ मुद्रा हु्न्छ । यसको अभ्यासले व्यक्तिलाई परम शान्तिको अनुभव गराउने गर्छ । यस आसनलाई बिराम आसन यानी लामो समयसम्म बसिरहने मुद्राको नाममा समेत जान्ने गरिन्छ । ध्यान साधनाको लागि यो उपयुक्त योगासन हो । यसको उल्लेख योगको प्राचीन ग्रन्थहरूमा समेत देख्न सकिन्छ । भद्रासनको अभ्यास गर्ने अनेक विधिहरू हुन्छन् । जसको अभ्यासले हामीले अनगिन्ती लाभहरू हासिल गर्न सक्छौं ।

भद्रासन योग

भद्रासनको अभ्यास गर्नको लागि जमिनमा चकटी बिछ्याएर घुँडाले टेकेर बस्नुहोस् । त्यसपछि आफ्नो दाहिने खुट्टाको पैँतालाले टेकेर बस्नुहोस् । यसैगरी बायाँ खुट्टाको कुर्कुच्चामाथि पिँडुला राखेर बस्नुहोस् । खुट्टा यस्तो तरिकाले राख्नुपर्छ कि खुट्टाको टुप्पो अर्थात् औंलातिरको भाग भुइँमा र कुर्कुच्चा पिँडुलाको ठीक मुनि हुनुपर्छ । त्यसपछि दुवै हातलाई पछि लैजानुहोस् । आफ्नो दाहिने हात बायाँ खुट्टातिर र बायाँ हात दाहिने खुट्टाको औंलामा पुर्याएर ‍औंलालाई समात्नुहोस् ।

त्यो आसन पूरा हुने बेलासम्ममा कमरलाई सिधा बनाउनुहोस् । छातीलाई भित्रतिर तानेर लामो सास भित्र लिनुहोस् । यस्तो बेलामा तपाईंको नाकको अगाडि ध्यान केन्द्रित गर्नुहोस् । जतिबेलासम्म तपाईंले सास रोक्न सक्नुहुन्छ, रोक्न कोसिस गर्नुहोस् । सास छोड्दा, घाँटी सिधा गर्नुहोस् र सामान्य अवस्थामा फर्कनुहोस् । यस कार्यलाई ३ देखि ४ पटक दोहोर्‍याउनुहोस् ।

भद्रासनबाट हुने स्वास्थ्य लाभहरू

भद्रासनको नियमित अभ्यासले शरीर सुदृढ पार्न र दिमागलाई स्थिर राख्न मद्दत गर्छ । यसले तपाईंको फिला(पिँडुलाभन्दा माथिको भाग) र खुट्टाको मांसपेशीहरूलाई बलियो बनाउन मद्दत गर्छ । यसको अभ्यासले घुँडा र मेरुदण्डमा हुने दुखाइ हटाउन मद्दत पुर्‍याउँछ। नियमित यो आसनले पाचन प्रणालीलाई सुधार गर्न मद्धत गर्छ । पेटको आन्तरिक अंगहरूको दुखाइ कम गर्छ ।

मासिक धर्मको समस्याबाट छुटकारा पाउनको लागि यसले सहयोग गर्ने गर्छ । यसले दिमागलाई स्थिर राख्छ र मानसिक तनाव रोक्न सहयोग गर्छ । यसले छाती फराकिलो पार्छ र फोक्सोको गतिविधिलाई नियन्त्रण गर्न सहयोग गर्छ । यो आसन दम वा अन्य ब्रोन्कियल डिसअर्डरका लागि फाइदाजनक मानिन्छ । यसको अभ्यासले मुटुको दक्षता सन्तुलित राख्न मद्दत गर्छ । ध्यान गर्ने क्रममा यो आसनमा बसेर ध्यान गर्दा दिमागको गलत मानसिकता तुरुन्तै परिवर्तन हुन्छ ।

भद्रासनमा सावधानी

यदि तपाईंलाई खुट्टामा गम्भीर चोट लागेको छ भने यो आसनको अभ्यास नगर्नुहोस् । घुँडा दुख्ने वा घुँडासँग सम्बन्धित कुनै समस्या भएमा पनि यस आसनको अभ्यास गर्नु उपयुक्त हुँदैन । यदि तपाईं साइटिकाबाट पीडित हुनुहुन्छ भने यो आसनको अभ्यास नगर्नुहोस् ।

भद्रासनसम्बन्धी दिमागमा राख्नुपर्ने कुराहरू

खाली पेटमा यो आसन अभ्यास गर्नु उपयुक्त हुन्छ । शुद्ध वातावरणमा बिहानीपख अभ्यास गर्नाले स्वास्थ्यलाई राम्रो नतिजा दिन्छ । तर यदि तपाईं साँझमा यस्तो अभ्यास गर्न चाहनुहुन्छ भने खाना र अभ्यासको बीचमा केही समय छोड्नुहोस् । ताकि खाना पचाउन सकिन्छ र तपाईं यसलाई सहजै अभ्यास गर्न सक्नुहुनेछ ।

शारीरिक अवस्थाको आधारमा कसैकसैलाई सुरुमा दुवै हात पछाडि लैजान गाह्रो हुन सक्छ, त्यस्तो अवस्थामा धेरै जबरजस्ती नगर्नुहोस् । पाखुरा पछाडि सार्न सजिलो बनाउनको लागि तपाईं कम्मरलाई हल्का साघुँरो पार्नुहोस् अनि कडासँग आफ्नो दुई हात समात्नुहोस् र त्यसपछि कम्मर सीधा गर्नुहोस् । जसले सहजै यो आसन गर्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment