Comments Add Comment

अमेरिकामा किन मनाइन्छ सुँगुर दिवस ?

अमेरिकामा हरेक वर्ष मार्च महिनाको १ तारेखमा राष्ट्रिय सुँगुर दिवस मनाइन्छ । उक्त दिवसका अवसरमा अमेरिकाका स्कुल तथा चिडियाखानालगायतमा विभिन्न समारोहहरुको र विभिन्न खेलको आयोजना गरिन्छ । खासगरी अमेरिकाको मध्य भागमा सुँगुर दिवस विशेष महत्वका साथ मनाइन्छ । आखिर अमेरिकामा किन सुँगुर दिवस मनाइन्छ त ?

सुँगुरलाई आम बोलीचालीको भाषामा लठेब्रो जनावरको प्रतिकको रुपमा लिइन्छ । तर वास्तवमा सुँगुर निकै बुद्धिमान तथा चतुर जनावरको रुपमा लिइन्छ । सुँगुरको त्यहीँ गुण तथा महत्वको सम्झनामा अमेरिकामा हरेक वर्ष १ मार्चमा सुँगुर दिवस मनाउने गरिएको हो ।

सन् १९७२ मा सिस्टर एलेन स्टेनली र मेरी लिन रेवेले उक्त दिवसको सुरुआत गरेका हुन् ।

राष्ट्रिय सुँगुर दिवसको खास अवसरमा अमेरिकाका चिडियाखाना, स्कुल तथा नर्सिङ होममा विभिन्न खालका कार्यक्रमको आयोजना गरिन्छ । त्यसलाई पिग पार्टी भनिन्छ । रोचक त के भने पिग पार्टीहरुमा सुँगुरकै मासुका विशेष परिकारहरुको भोजन गरिन्छ ।

सुँगुर एउटा यस्तो घरपालुवा जनावर हो जसलाई तालिम दिन सकिन्छ । सुँगुरलाई सुस्त जनावर मानिन्छ । तर वास्तवमा सुँगुर ११ माइल प्रतिघण्टाको गतिमा दौडिन सक्दछ । रोचक त के भने सुँगुर दौडिँदा सिधा रेखामा नभइ बाँगोटिँगो बाटो बनाएर दौडिन्छ ।

अमेरिकामा सुँगुर दिवसकै दिनमा मुस्कान दिवस र पिनट बटर लभर्स डे पनि मनाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment