Comments Add Comment

विरेन स्मृति बिटी कप : बुधबारदेखि दोस्रो चरणका खेल

पोखरा, १८ फागुन । पोखरामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ‘ए’ साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् ।

पोखराको पुरानो टुँडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा भीमकाली क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एम फाइभ दोस्रो चरणमा प्रवेश गरेको छ । एम फाइभको जितमा मिलन थापामगर र अश्विन गुरुङले समान १ गोलको योगदान दिए भने भीमकालीको तर्फबाट सन्देश भण्डारीले सान्त्वना १ गोल फर्काए ।

त्यस्तै दोस्रो खेलमा बेगनासमाथि एसवाईसीले १–० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्यो । एसवाईसीको जित दिलाउन अजय श्रेष्ठले निर्णायक गोल गरे । मंगलबार नै भएको तेस्रो खेलमा जेवाईसी दीपलाई बेली बारले १–० गोल अन्तरले पराजित गर्‍याे । उक्त जितमा सविन घलेले निर्णायक गोल गरे । चौथो खेलमा गुराँस भूमिलाई सिमपानी एफसीले १–० गोल अन्तरले पाखा लगायो भने अर्काे खेलमा ओटु बारले रामघाटलाई ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे ।

लालीगुँरास धम्पुस र बिन्स बकेटबीच भएको छैटौं खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले बिन्स बकेटले जित निकाल्यो । मंगलबारको अन्तिम खेलमा कमलपोखरी टिम ‘बी’लाई एम टुवेलले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्‍याे ।

बुधबारदेखि दोस्रो चरणका खेल हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । बुधबार कुल ८ खेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment