Comments Add Comment

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।

प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए ।

भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु –१७ र यु – १३ ब्वाइज तथा गर्ल्स, गरी ९९ खेलाडीहरुले कुल ७ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु–१७ ब्वाइज तथा गर्ल्सतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यू-१३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शिर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment