Comments Add Comment

अजयको कार रोक्दै प्रश्न गर्ने यूवक पक्राउ

मंगलबार बिहान एउटा भिडियो सामाजिक संजालमा भाइरल भयो । नायक अजय देवगणको कारलाई रोक्दै एक यूवकले उनीमाथि प्रश्न सोझाएका थिए । २८ बर्षका ती यूवकले अजयले किसानहरुको आन्दोलनको बिषयमा नबोलेको भन्दै उनीमाथि प्रश्न सोझाएका थिए । गोरेगाउँमा रहेको फिल्म सिटीको बाहिर अजयको कार रोक्दै प्रश्न गर्ने यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।

राजदिप सिंह नाम गरेका ती यूवकले अजयलाई कृषकहरुको आन्दोलनमा किन साथ नदिएको भन्दै लाज मान्न भनेका छन् । भिडियोमा अजय कार भित्र छन् र यूवकको प्रश्नमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

मंगलबार बिहान साढे १० बजे यो घटना भएको थियो । अजयका वडिगार्डले प्रहरीमा उजुरी दिएपछि राजदिप पक्राउ परेका हुन् । उनलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

कृषकहरुले लामो समयदेखि सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोध गर्दै आन्दोलन गरिरहेका छन् । तर, बलिउडका कलाकारले यो बिषयमा साथ नदिएको भन्दै उनीहरु आक्रोशित छन् ।

केही समय अगाडि पनि नायिका जान्हवी कपुरको नयाँ चलचित्रको छायांकनमा कृषकहरुले अवरोध खडा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment