+
+
Shares

म्यानमार : अथक प्रयासबीच पनि रोकिएन सेनाविरुद्धको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १३:०५
Photo Credit : REUTERS

१९ फागुन, काठमाडौं । म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा गरेको ‘कू’को विरुद्धमा जारी आन्दोलन निरन्तर जारी छ । आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ । तर, प्रदर्शनकारीहरुले निरन्तर प्रर्दशन गर्दै सैन्य कूको विरोध गरिरहेका छन् ।

फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यानमारमा भएको प्रदर्शन नियन्त्रणका लागि सेनाले गरेको दमनमा २१ जनाको मृत्यु भइसकेको छ । सेनाले प्रजातान्त्रिक सरकारलाई हटाउँदै सत्ता आफ्नो लिएको विषयमा अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गर्दै आएका छन् ।

यसैबीच मंगलबार आसियन क्षेत्रका मुलुकका विदेशमन्त्रीहरुको बैठक बसेको थियो । उक्त बैठकमा विदेशमन्त्रीहरुले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका थिए । तर, यो बैठकमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको तत्काल रिहाइ र प्रजातन्त्रको पुनर्बहालीको विषयमा भने सहमति जुट्न सकेन ।

बुधबार प्रहरीले चलाएको गोली लागी धेरै मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

– एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?