Comments Add Comment

सीमा क्षेत्रमा एसएसबीको संख्या बढाउने भारतीय गृह मन्त्रालयको निर्णय

२० फागुन, काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

एसएसबीका उच्च अधिकारीलाई उद्धत गदै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ ।

सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय भएको हो । निर्णयअनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका १२ युनिट थपिने छन् ।

एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले इन्डिया टुडे टेलिभिजनसँग भनेका छन,’प्रत्येक वर्ष चार बटालियनका दरले बढाउँदै लगिने छ ।’

त्यसैगरी नेपाल-भारत सिमानमा रहेका चार वटा एकीकृत जाँच केन्द्र (आईसीपी) ५५८ पोष्ट थप गर्ने प्रस्तावलाई पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ । चार आईसीपीमध्ये अहिले जोगवनी र रक्सौल संचालनमा आएका छन् ।

अहिले एसएसबीको संख्या ९० हजार रहेको छ, जो नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएका छन् । त्यसैगरी भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिसको संख्यासमेत १० हजारले बढाउने निर्णय गरेको छ । सो पुलिस भारत-चीन सीमा क्षेत्रमा खटिएको छ ।

पछिल्ला वर्षहरुमा भारतले नेपालको सीमा क्षेत्रमा सुरक्षा र अन्य पूर्वाधारहरु सबल बनाउँदै लगेको छ । त्यसैगरी चीनसँग तनाव बढेसँगै चीनसँगको सीमा क्षेत्रमा सुरक्षा फौज बढाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment