+
+
Shares

सुस्ता क्षेत्रमा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल प्रवेश गरेको विषयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारसँग जवाफ माग गर्नुभएको छ ।
  • सांसद बरालले सीमा क्षेत्रमा नेपाली नागरिक असुरक्षित हुँदा र राष्ट्रिय स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसेको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
  • सांसद बरालले सुनसरीमा उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनावको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

१९ साउन, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।

उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए । सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने हो ? भन्दै प्रधानमन्त्री बालेन ाहलाई प्रश्न समेत उनले गरे ।

‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल डे«स लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ । सुस्ताबासीहरुले फेरी यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ । आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ,’ उनले अघि प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महशुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो ? कति समय ध्या आकृष्ट गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्नुस् । यसतर्फ म उहाँको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न समेत माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?